Posts

Showing posts with the label earthquake

भूकम्पमा बाँचेकाहरूको पुकार ‘हे ईश्वर, पानी नआइज । पानी परेपछि त हामी बाँच्दैनौँ।’

Image
  कस्तो हुन्छ होला जब आफ्ना प्यारा दाइभाउजू र भतिजाभतिजी घरमूनि पुरिएका छन् र गूहारगूहार भन्दै चिच्याइरहेका छन्, हातले खोस्रिदाखोस्रिदै उनीहरूको आवाज मुधुरो हुन्छ र अन्त्यमा लाश मात्र भेटिन्छ। त्यही भोग्नुभएका नलगाड चिउरीका भद्रबहादुर विश्वकर्माको आँखा अझै ओभाएका छैनन्।    मध्यरातमा भूकम्पले घर भत्कायो। घरसँगै आफन्तको वियोगले मुटु चिरा चर्कियो। दाइभाउजू रहेनन् छोरा रहेनन् यो कस्तो विपत्ति आइलाग्यो”, चिरा परेको घरलाई हेर्दै टोलाउँदै बरबराउनु हुन्छ, भद्रबहादुर। जाजरकोटको नलगाड नगरपालिका १ चिउरीका भद्रबहादुर विकलाई ठुलो विपत्ति आइलाग्यो। कार्तिक १७ गते गएको भूकम्पमा परेर दाइभाउजू र छोरा गुमाए। भूकम्पमा परेका दाइभाउजूले बचाउ बचाउ भनेको आवाज भद्रबहादुरका मानसपटलमा अहिले पनि ताजै बनेर गुन्जिरहन्छ। भूकम्पमा परेर छापिएका दाइभाउजूलाई उद्धारको प्रयास गर्दा गर्दै बचाउन सक्नुभएन। यो सम्झेर भद्रबहादुर भक्कानिँदै डाको छोडेर रुनुहुन्छ। भूकम्पले गर्दा भारतको हिमाचल प्रदेशका विभिन्न गल्लीहरूमा वर्षौँसम्म ज्याला मजदुरी गरेर बनाएको घर भूकम्पले चिरा चिरा भएर ढलेपछि अब कसरी बाच्ने भन्ने पिरमा...