सबै सन्तानले साथ छोडेकी एक्ली 'राउटे आमा'


जितेन्द्र थापा

 काठमाडौँ  । च्यातिएको त्रिपाल, मलिन अनुहार । टाउकोमा रुमाल । सेतै कपाल र गालामा खुम्चिँदै गरेका धर्काले बुढेसकालले छोएको प्रष्ट देखिन्थ्यो  । त्यही त्रिपालमुनी टोलाएर बसेकी थिइन् थिइन् दुनी अर्थात दुनी शाही । उमेरले ५५ वर्ष पुगेकी उनी हुन् दक्षिण एसियाको एक मात्र घुमन्ते फिरन्ते जाती राउटे समुदायकी एकल अनि एक्ली महिला हुन्   ।

शाहीले कर्णाली प्रदेश आसपासका जंगलमा डुल्दै फिर्दै फिरन्ते जीवन बिताउँदै आएको ५५ वर्ष भयो । समुदायमा उनलाई सबैले १४ सन्तानकी एक्लि आमा भनेर चिन्छन्  । १४ सन्तानकी एक्लि आमा सुन्दा अनौठो लाग्ला तर, यो यतार्थ हो । १४ सन्तान जन्माएकी उनको साथमा सन्तान छैनन् । सन्तानको मृत्युसँगै उनको साथमा अहिले नत श्रीमान छन् नत छोरा या छोरी नै छन् । सबैले उनको साथ छोडेर उनलाई एक्लो पारेर गएको झझल्को आइरहने उनी बताउँछन्  । सबैले साथ छोडेर गए’,आँखाको डिलमुनी आएको आशुलाई छेउकुना लगाउँदै भनिन्, ‘१४ सन्तान जन्मिए । कोही जन्मिदै मरे कोही हुर्किदै संसार छोडे त कोही सन्तान तन्नेरी अवस्थामै संसार छोडे अहिले एक्ली छु ।’

सन्तानसँगै राउटे समुदायका महामुखिया समेत रहेका दुनी शाहीका श्रीमान महिन बहादुर शाहीले संसार छाडेदेखि उनी झनै एक्लीएकी छिन् । २०८० कात्तिक १० गते महिनबहादुरले पनि ६९ वर्षको उमेरमा संसार छाडेका थिए ।  श्रीमानले संसार छाडेसँगै उनी अहिले एक्लीएकी छन् । 

सन्तान र श्रीमान गुमाएकी दुनी शाही अहिले बिक्षिप्त बनेकी छिन् । बुढेसकाकालको साहारा खोज्ने बेलामा साथमा नत छोरा छन् नत छोराछोरी नै छन् । उनीसँग बाँकी छत केबल उनीहरुको यादमात्र छ ।

जीवनभर घुमन्ते फिरन्ते जीवन बिताउने क्रममा श्रीमानसँगै कैयन जंघार तरेको सम्झिदै उनी टोलाउँछिन्  । कैयन उकाली ओरालीहरु हिडिन् । बनजंगल पाखापखेरा डुल्ले क्रममा श्रीमानसँगै साउने झरी र बर्खामा उर्लिएको खोलाहरु तरेको यादहरु उनको मानसपटलमा अहिलेपनि ताजा बनेर आउने बताउँछिन् । श्रीमान साथमा नरहे पनि उकाली ओराली, भञ्ज्याङ चौतारी र गाउँघरका पाखा पखेरामा श्रीमानसँगै काठका भाडाकुडासँग अन्न साटेका सम्झनाहरु आफुसँगै रहेको उनी बताउँछिन् । तर, अहिले उनको साथमा नत श्रीमान छन् नत छोराछोरी नै छन् । 

केही महिना अघि पति महिनबहादुर शाहीको मृत्यु पछि दुनी शाही एक्ली छन् । दुई बर्ष अगाडी जेठो छोरा नारायण शाहीको बस्तिमै सुतेको अवस्थामा जलेर मृत्यु भयो र चार बर्ष अघि कान्छो छोरा शिवराजको मृत्युपछि पीरमा पिरोलिएकी दुनी शाहीको पतिको मृत्यु पछि उनी झनै एक्लिएकी छन्  ।

आठवटा छोरी र ६ वटा छोरा जन्माएकी उनी सधैसो हँसिलो मुहारमा आधा नेपाली र आधा खाम्ची भाषा बोल्ने दुनीलाई यतिवेला जीवयापन गर्न कठिन हुँदै गएको छ । अहिले उनको साथमा छोरीबाट जन्मिएको एउटा १० वर्षिय नाती छन् । दुईवटी एकल बुहारी छन् । बुहारी सुन्दरी शाही र सुरमान शाही पनि उनीबाट अलग्गै बस्छन् । सुन्दरी २२ बर्षकी भईन भने सुरमान १७ बर्षकी भइन्  । नारायण पत्नी सुन्दरी हुन भने शिवराजको सुरमान शाही हुन्  । कलिलै उमेरमा विहेवारी गरेकी यी दुई किशोरी श्रीमान गुमाएर बाल्यकालमै एकल बनेको दुनी शाही बताउँछिन्  ।

उनीहरुका सन्तान छैनन् । नारायणको दुई बर्ष अघि आगोमा जलेर मृत्यु भएको थियो भने शिवराजको चारबर्ष अघि उच्च रक्तचापका कारणले मृत्यु भएको सोसेक नेपालद्वारा राउटे समुदायमा संचालित राउटे परियोजनामा कार्यरत स्वाथ्यकर्मी विनोद वि.सी बताउँछन्  ।  

राउटे समुदायमा महिलाहरुले काठको काम गर्दैनन् । आन्तरिक घरको मात्र काम गर्छन । काठको काम नगर्ने भएपछि दुनी शाहीलाई चिन्ताले पिरोल्न थालेको छ  । एक पछि अर्को परिवारको मृत्युले दिनहुँ कम्जोर हुदै गएको उनी बताउँछिन् । 

यताउता हिड्डुल गर्न गाह्रो हुन्छ',उनले भनिन, ‘घरमा काठबाट कोशी बनाईदिने कोही पुरुष छैनन् । नाती बालकखै छ । पुरुष नहुँदा जीवनयापन गर्न गाह्रो छ  ।’ 

उनी बोल्दै गइन् । हामी सुन्दै गयौँ । १४ सन्तानको जन्म दिएर पनि आफुसँगै कोही नहुनु निकै पीडा भएको बताइन् । मैले १४ छोराछोरी जंगलमै जन्माए । तर अहिले सम्म कोही पनि बाँचेनन,’उनले भनिन, ‘नारायण, शिवराज, र छोरी ढुग्री ठुलै भएर मरे । अरु त स्यानोमै बिरामी हुँदै बितेर गए ।’

पछिल्लो तथ्यांकलाई हेर्ने हो भने यो समुदायमा १५ देखी ८० बर्षसम्मका एकल महिलाहरु रहेका छन् । रास्कोटी,सोमबंंशी मध्ये कल्याल जातीमा एकल महिलाको संख्या अधिक छ । तीन जना एकल पुरुष छन् । कलिलै उमेरमा एकल बनेकाहरुका सन्तान छैनन् भने अधिकांंश एकल महिलाले सन्तान जन्माएपनि मृत्यु हुँदा निसन्तान जस्तै बनेका छन् । 

राउटे समुदायका महिलाहरु घरको आन्तरिक व्यवस्थापकका रुपमा नेतृत्व गर्दै आएको राउटे समुदायमा कार्यरत जोडी शिक्षक लाल बहादुर खत्री बताउँछन् । समुदायका महिलाहरुको आन्तरिक व्यवस्थापनमा मुख्य नै मानिन्छन',उनले भने, ' घर बाहिरको काम पुरुषको हो घरको व्यवस्थापनमा महिलाकै नेतृत्व रहन्छ ।’

श्रीमान गुमाएर एकल भएकी महिला बाहेक अन्य महिला काठबाट बनेका कोशी मधुश लगायतका काठका सामाग्रि विक्री गर्न जादैनन् । महिलालाई काठको भाँडाकुडा बनाउन आउदैन । एकल महिलाको घर खर्च चलाउनका लागि आफन्तले जंगलबाट काठका भाँडाकुडाँ बनाएर सहयोग गर्छन । 

उनीहरुको जीवनयापन गर्ने माध्यम त्यही हो भने अर्को नेपाल सरकारले मासिक चारहजार भत्ता उपलब्ध गर्ने सामाजिक सुरक्षा भत्ता रहेको खत्रीले बताए  । केही समय अघि बराहताल रानीघाटबाट सरेका राउटे समुदाय हाल बराहताल गाउँपालिका २ गिरिघाट बसेका छन् । उनीहरुको संख्या १३७ जना रहेको छ । 


Comments

Popular posts from this blog

Nature hero Govinda who is involved in wildlife conservation

The cry of earthquake victims, "Oh God, don't let the rain come." We don't live after it rains.'

Raute community facing crisis due to alcohol and money